धनकुटा माघ २० ,

सहिदभुमि गाँउपालिका धनकुटा नडा नं १ सफाईटारमा जारी नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तरगत बुधबार क्वाटर फाइनल र सेमिफाइनलका खेल सम्पन्न भएको छ । बुधबार सम्पन्न क्वाटर फाइनलको दुई र सेमिफाइनलको दुई खेल सम्पन्न भएको मितेरी क्लबका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारीदिनु भयो ।

क्वाटर फाइनलको पहिलो खेल माहाङ युवा क्लब सहिदभुमि ७ र सागुरीगढी हर्दिया ९ बिच भएको खेलमा १—४ गोल अन्तरले माहाङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यस्तै क्वाटर फाइनलको दोस्रो खेल तमोर फुटबल क्लब तमोर र पौवा दुम्मा भोजपूर बिच भएको खेलमा २—४ गोल गर्दै तमोर फुटबल क्लबले पनि सेमिफाइनल यात्रा तय गरेका थिए ।

त्यस्तै गरी प्रतियोगिताको सेमिफाइनल खेलमा पहिलो खेल अजम्वरी युवा क्लब फेदी र माहाङ युवा क्लब सहिदभुमि ७ बिचको खेलमा ० का विरुद्ध १ गोल लगाउदै अजम्वरी फाइनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेल अन्तरगत नाम्जे युथ क्लब सागुरीगढी र तमोर फुटबल क्लव बिच भएको खेलमा ० का विरुद्ध ३ गोल लगाउदै नाम्जे युथ क्लब फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

मितेरी युवा क्लब सहिदभुमि वडा नं १ को आयोजनामा माघ १६ गते देखि सुरु भएको फुटबल प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताका प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफीमेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले पनि नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । फाइनल खेल अन्तर गत आज विहिबार अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय