काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार नरेशबाबु श्रेष्ठलाई चर्चित लोक गायक बद्री पंगेनीले जीतको शुभकामना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को रामेछाप नगरपालिकाको सम्युक्त उम्मेदवारको रुपमा रहेको श्रेष्ठलाई लोक गायक पंगेनीले जीतको शुभकामना दिएका हुन् ।

रामेछापमा नरेशबाबु श्रेष्ठ अन्य उम्मेदवारभन्दा अब्बल छन् । उनी पारदर्शी, इमान्दार, प्रष्ट वक्ता र जनताको समस्यामा शारथीको रुपमा स्थापित नेता हुन् । लोक गायनको क्षेत्रमा समेत उतिकै परिचित श्रेष्ठलाई पंगेनीले शुभकामना दिएका हुन् । श्रेष्ठ व्यापारिक क्षेत्रमा पनि उतिकै परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय