काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्। बौद्धिक र शालीन नेताका रूपमा परिचित नेता श्रेष्ठ लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन्।

उपमेयर पदका उम्मेदवार श्रेष्ठले आफ्ना ३० बुँदे प्रतिबद्धता पत्र यसअघि नै सार्वजनिक गरिसकेका छन्। उपमेयर पदमा जितेपछि आफूले महानगरलाई समृद्ध र सुखी बनाउन नयाँ नयाँ योजना लागू गर्ने समेत उद्घोष गरेका छन्।

जसमध्ये उनको युवा उद्यमी लक्षित प्रतिबद्धताले पछिल्लो पटक चर्चा पाइरहेको छ। उनले कुनै युवाले केही नयाँ सोचका साथ अघि बढ्न खोजे महानगरले साथ दिने संकल्पसहित खुला कार्यालय मोडेलको परिकल्पना गरेका छन्।

उनले स्टार्ट अप कम्पनीहरूका लागि निःशुल्क को–वर्किङ अफिस स्पेसु’को निर्माण गरी अफिस नपाउने समस्या र महंगो भाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सो प्रयोजनका लागि भृकुटी मण्डपमा ठाउँ हेरेर परियोजना अघि बढाउन समेत तयारी भइरहेको बताए ।

उनका अनुसार उक्त योजना अघि बढे लाखौं युवा रोजगार बन्ने वातावरण सिर्जना हुनेछ । उक्त योजनाअन्तर्गत महानगरले फ्री वाई फाई समेत उपलब्ध गराउने श्रेष्ठले बताए ।

यस्तै उनले गृहिणी होइन उद्यमी कार्यक्रम अन्तर्गत महिला समूह मिसापूःचहरुलाई घरायसी तथा लघु उद्योग शुरू गर्न बिना ब्याजको वित्तिय सहयोग, निःशुल्क रजिष्ट्रेशन करमा छुट र बजार प्रवर्द्धनमा सहयोग गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय