धनकुटा जेठ ३१
जिल्ला समन्वय समिति धनकुटाको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । आज सम्पन्न बैठकले स्थानिय तह निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता, निर्वाचनको समयमा खटिएका कर्मचारी , सूरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै गरि धनकुटा जिल्लालाई प्राबिधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्न एक प्राबिधिक धारको विश्वविद्यालय स्थापना गर्न जिल्लाका सातवटै स्थानीय तह,प्रदेश सरकार र सङघीय सरकार,अन्य दातृ निकायसँग आवाश्यक आर्थिक प्राबिधिक तथा व्यवस्थापकीय भूमिका एवं सहयोगको लागि समन्वय गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लासभाको बैठक असार १३ गते बस्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा बसेको बैठकमा नेपालको संविधान अनुसार स्थानिय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको ऐनको बारेमा समितिका निमित्त समन्वय अधिकारी जितमान जिमीले प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपप्रमुख सावित्रा राई सदस्यहरु जिससका विभिन्न तहका कर्मचारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय