धनकुटा असार ९

हिलेबजारमा थप खानेपानी व्यवस्थित गर्नका लागि एक लाख २० हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण कार्य भईरहेकाे छ । शहरी विकास ढल तथा खाने पानी काठमाडौ र धनकुटा नगरपालिकाकाे सम्झौतामा १९ लाख बराबरको ट्याङ्की निर्माण कार्य भई रहेको हाे ।

उक्त खानेपानी टयाङ्की निर्माण कार्यकाे जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले अनुगमन तथा निरीक्षण गरिएको छ । अनुगमन पश्चात् तामाङले काम छिटो र राम्रो ढंगले समयमै सम्पन्न गर्न सल्लाह दिएकाछन् । ट्याङ्की निर्माण कार्य अन्तरगत ६० प्रतिशत काम सम्पन्न भएको खानेपानी उपभोक्ता तथा समाजसेवी वुद्विजिवी फुर्वा घिसिङले बताउनुभयो ।

निर्माणधिन ट्याङ्की असाेज बाट सञ्चालनमा ल्याउने याेजना रहेको हिले खानेपानी उपभोक्ता समितिले जनाएको छ । ट्याङ्की निर्माण भए पछि हिले बजारकाे गजुर हाेटेल देखि ताेङ्बा चाेक ,कुवापानी , चादानी चाेक सम्मका ३ सय घरधुरी लाई सहजरूपमा खानेपानी वितरण गरिने खानेपानी उपभोक्ता समितिले जानाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय