शैलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता आर्टिस्ट मोक्तान निर्वाचित भएका छन्।

बुधबार सम्पन्न गाउँपालिका कमिटीको अधिवेशनबाट मोक्तान अध्यक्षमा निर्वाचित भएका हुन्। अधिवेशनले गाउँपालिका कमिटीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा सुब्बा तामाङ , मनहरी खत्री र विजय तामाङ, सचिवमा अशोक कार्की तथा उपसचिवमा झिल्के तामाङ निर्वाचित भएका छन्।

त्यसैगरी अधिवेशनले ९९ सदस्यीय गाउँपालिका सदस्य निर्वाचित  गरेको छ।

नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै शैलुङको विकास, समृद्धि तथा जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय