धनकुटा असार २२

स्थानिय तहको निर्वाचन ०७९ वाट गठित पाख्रीवास नगरपालिकाको १० औं नगरसभाको पहिलो वैठकले आगामी आर्थिक बर्ष २०७९÷०८० को लागि बार्षिक बजेट, निति तथा कार्यक्रम वुधवार सार्वजनिक गरेको छ ।

नगर प्रमुख ज्ञानवहादुर गुरुङले पाख्रीवास नगरपालिकाको १० औं नगरसभाको पहिलो वैठकमा २२ पृष्ठ लामो वार्षिक नीती, तथा कार्यक्रम प्रश्तुत् गरेका छन् । त्यसैगरी उप–प्रमुख नम्रता देउजाले आ.व.०७९÷०८० को लागि ७६ करोड, ५५ लाख, ५७ हजार बराबरको अनुमानित आय–व्यय प्रश्तत्त गरेका छन् ।

नगर प्रमुख ज्ञान वहादुर गुरुङद्धारा प्रश्तुत् वार्षिक नीती तथा कार्यक्रममा पहिलो प्राथमिकता कृषि पेशालाई दिइएको छ । नीति तथा कार्यक्रममा कृषि पेशालाई सम्मानित रोजगारमुखी बनाउन कृषि तथा पशुपालनलाई नगरको ग्राह्य क्षेत्रको रुपमा विकास गरि दिगो निर्वाहमुखी कार्यक्रम संचालन गर्नेमा जोड दिइएको छ ।

त्यसका साथै कृषिमा आधुनिकिरण, शिक्षामा गुणस्तरियता, पर्यटनको आधार निर्माण, स्वास्थ्यमा सहज पहुँच र भौतिक विकास गरि सुन्दर स्वलम्वन र समृद्ध नगरपालिका निर्माण गर्ने सोँचका साथ दिर्घकालिन नीति कार्यक्रमलाई समेटिएको छ । त्यसैगरी आगामी ५ वर्ष भित्रमा कृषि पेशा नै नगरवासीको मुख्य आधार हुने गरि उत्पादनमा वृद्धि, सहज वजारिकण, वातवरणमुखी दिगो पर्यटन विकासमा जोड दिइएको छ ।
नगर प्रमुख गुरुङले आगामी आर्थिक वर्षको लागि नगरपालिकाले लिएको अपेक्षित उपलव्धी, वार्षिक वजेट नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि लिइएको आधारहरु, अघिल्लो आर्थिक वर्षमा भएका उपलब्धीको संक्षिप्त विबरणहरु समेत प्रश्तुत् गरे । त्यसैगरी नीति तथा कार्यक्रम प्रश्तुत् गर्ने क्रममा आर्थिक सामाजिक उपलब्धीहरु,आ.व.०७९÷०८० का लागि लिइएको मुख्य नीतिहरु, पाख्रीवास नगरपालिकाको विकासको नमुना मोडलहरु, पुर्वाधार विकासका क्षेत्रहरु, आवास तथा वस्ती विकास सम्वन्धि नीति समेत प्रश्तुत् गरेका थिए ।
त्यसैगरी जलस्रोत जलविद्युत तथा स्वच्छ उर्जा सम्वन्धी नीति, सूचना तथा संचार प्रविधि सम्वन्धी नीति, कृषि सम्वन्धी नीति, पशुपंक्षी सम्वन्धि नीति, सिँचाई, पर्यटन, सहकारी तथा गरिवी निवारणश्रम तथा रोजगार, खनिज, खानी व्यवस्थापन, स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्गता सम्वन्धी नीति तथा कार्यक्रमहरु पनि सार्वजानिक गरिएको छ ।

त्यसैगरी युवा तथा खेलकुद, सामाजिक सुरक्षा, खानेपानी, वन तथा वातवरण, फोहोर मैला व्यवस्थापन, विपत जोखिम व्यवस्थापन तथा जलवायु अनुकुलन, सुशासन तथा संस्थागत विकास, संगठन तथा क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह नीति, राजश्व परिचालन र तथ्याङ्गक प्रणाली, योजना र विकास व्यवस्थापन सम्वन्धी नीति समेत सार्वजानिक गरिएको छ ।

त्यसैगरी उप–प्रमुख नम्रता देउजाले आर्थिक बर्ष ०७९÷०८० को लागी पाख्रीवास नगरपालिकाको लागि ७६ करोड, ५५ लाख, ५७ हजार रुपयाँ वरावरको वजेट सार्वजनिक गर्दै अनुमानित आय–व्यय प्रश्तुत् गरेका छन् । चालु आर्थिक वर्ष ०७८÷०७९ मा कुल वजेट मध्येको चालु खर्च तर्फ २० करोड, ४२ लाख, ६६ हजार, ८ सय ९१ रुपयाँ ६६ पैसा खर्च भएको मध्ये कुल वजेटको ५९.२८ मात्र खर्च भएको जानकारी दिईएको छ । त्यसैगरी पूँजीगत तर्पm ६ करोड, ९८ लाख, ८६ हजार, ४ सय, ७७ रुपयाँ ६० पैसा खर्च भएकोमा कुल वजेटको ४५.३२ प्रतिसत मात्र खर्च भएको जनाइएको छ । हालसम्मको योजनाहरुको भौतिक प्रगति ८० प्रतिसत भएको वताइए पनि चालु आर्थिक वर्ष सकिन एक हप्ता पनि नरहेको अवस्थामा चालु खर्चमा ४०.७२ र पूँजिगतमा ५४.६८ प्रतिसत खर्च हुन वाँकी नै रहेको देखिन्छ ।

कुल बजेटको आय तर्फ संघिय सरकारको वित्तिय समानीकरण अनुदान तर्फ १० करोड, ६० लाख, संघिय सरकारको सशर्त अनुदान तर्पm २४ करोड, ३१ लाख, प्रदेश सरकार सशर्त अनुदान १ करोड, १६ लाख, १० हजार, प्रदेश सरकार समपुरक अनुदान तर्फ कन्स्ट्रक्सन अफ भुल्केदेवी मुहान सिमसार पार्क एण्ड कन्जर्भेसन वक्र्सको लागि १ करोड, प्रदेश सरकार वित्तिय समानिकरण तर्फ ५५ लाख, ८१ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड तर्फ २५ लाख, संघिय सरकारको राजश्व वाँडफाँडबाट ८ करोड, ७२ लाख, १७ हजार,आन्तरिक श्रोत तर्फ राजश्वबाट १ करोड, घरजग्गा रजिस्ट्रेसनबाट २५ लाख प्राप्त हुने अनुमानित आय प्रश्तुत् गरेका छन् ।

त्यसैगरी गत वर्ष प्राप्त भएको आधारमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम १२ करोड, हालसम्म वित्तिय र भौतिक प्रगतिका आधारमा आगामी आर्थिक वर्षमा अल्या तर्फ २ करोड, ५० लाख, प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी पाख्रीवास भुल्के खानेपानी आयोजनाबाट प्राप्त हुने ऋण फिर्ता रकम ६८ लाख, ९९ हजार, ६ सय, ५५ रुपयाँ पनि प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी उप–प्रमुख देउजाले आ.व.०७९÷०८० को व्याय तर्फ कुल वजेटको ७६ करोड, ५५ लाख, ५७ हजार, मध्ये प्रशासनिक तर्फ १० करोड, ९६ लाख विनियोजन गरिएको बताइन । उनले खर्च गर्न सकिने रकम मध्ये प्रशानिक तर्फ १४ दशमलब ३१ प्रतिसत रहेको पनि स्पष्ट पारिन ।

त्यसैगरी संघिय सशर्त अनुदान तर्फ २४ करोड, ३१ लाख, पाख्रीवास न.पा..४ मा १५ शैयाको अस्पताल निर्माणको लागि ८ करोड, पानपा–वडा नं.२,३ र ४ मा निर्माण भैरहेको सुन्तलेडाँडा धार्मिक पर्यटन क्षेत्र विकासको लागि काठमाण्डौ महानगरपालिका भगिनी सम्वन्ध स्थापना गरि प्राप्त १ करोड, ५० लाख, र पानपाको साझेदारीमा १ लाख जरी जम्मा २ करोड, ५० लाख विनियोजन गरिएको छ ।

नगरको १० वटा वडालाई ३ करोड, ४५ लाख गरी २ दर्जन भन्दा वढी योजनाहरुमा वजेट विनियोजन गरिएको उप–प्मुख देउजाले वताईन । प्रश्तुत् वजेट तथा नीति कार्यक्रम माथि कार्यपालिका सदस्य एवम वडाध्यक्षहरुले टिप्पणी गरेका थिए । सभामा प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र स्थायिन संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय