धनकुटा असार २२ , 

सहिदभूममि गाउँपालिका धनकुटामा छिन्ताङ, छिलिङ र बान्तवा भाषा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायाेक्खा जिल्ला कार्यसमिति धनकुटाकाे आयाेजना तथा सहिदभूमि गाउँपालिकाकाे सहयोगमा ५ दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हाे ।

उक्त प्रशिक्षण कार्यक्रममा गाउँपालिका भित्रका छिन्ताङ, छिलिङ र बान्तवा भाषा पढाउने ८ वटा विद्यालयका शिक्षकहरुकाे सहभागी थियोे । कार्यक्रममा सहभागी शिक्षकहरुलाइ भाषा विद पदम वालाहाङ राईले सहजिकरण गर्नु भएको थियोे ।

प्रशिक्षणका क्रममा भाषा विद राइले मातृ भाषा शिक्षण सिकाईकाे विषयमा कसरी आफै शैक्षिक सामाग्री निर्माण गर्ने , पाठ्यपुस्तक तयार नभएको अवस्थामा कसरी पढाउने भन्ने विषय लगायत शिक्षकहरुकाे क्षमता विकास सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे ।

हाल सहिदभूमि गाउँपालिकामा ८ वटा विघालयमा कक्षा ३ सम्म पढाउने व्यवस्था गरेको छ । मातृभाषा शिक्षकहरु जम्मा गाउँपालिकामा बान्तवा भाषा पढाउने ४ जना , छिलिङ र छिन्ताङे भाषा पढाउने २/२ जना रहेकाछन् । साे ५ दिने मातृभाषा शिक्षक प्रशिक्षण कार्यक्रम प्रदेश संसद निरन राईकाे प्रमुख आतिथ्यमा समापन गरिएको किरात राई यायाेक्खाका जिल्ला अध्यक्ष नगेन्द्र राईले बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राईले  गाउपालिका भित्र बाेलिन्ने छिलिङ , बान्तवा र छिन्ताङे भाषालाई काम काजी भाषाकाे रुपमा प्रयाेग गर्न अभ्यास भईरहेकाे बताउनुभयो । साथै उहाले ८ वटा विघालयमा  शिक्षकहरू नियुक्ति गरेर पठनपाठन काे व्यवस्था मिलाईएकाे जानकारी गराउनु भएको थियोे ।   कार्यक्रममा किरात राइ यायोक्खा को केन्दृय सद्स्य अस्मिका राई ,  उपाध्यक्ष रत्नश्वरी  राई  भाषाविज्ञ प्राध्यापक ईच्छा पुर्ण राई , वडाअध्यक्षहरु लगायत  समाजसेवी वुद्विजिवि शिक्षकहरुको उपस्थिति थियोे । प्रशिक्षणमा सहभागी सम्पूर्णलाई आयाेजक संस्थाको तर्फबाठ प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय