धनकुटा,
सहिदभूमि गाउपालिका धनकुटाले विद्यालयमा आईसिटि कक्षा सञ्चालन गर्न कम्प्युटर तथा प्रिन्टर वितरण गरेको छ । आईसिटि कक्षा सञ्चालन गर्न साथै गुणस्तरिय पठनपाठन गराउन कम्प्युटर तथा प्रिन्टर वितरण गरेको हो । गाउँपालिकाले एक कार्यक्रमका विच ७ लाख बराबरको ७ वटा विद्यालयलाई ७/ ७ थान कम्प्युटर सहित प्रिन्टर विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरेको गाउपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । त्यस्तै गरि सबै विद्यालयमा ईन्टरनेट सेवा विस्तारका लागि पनि पहल तथा प्रयास भईरहेको बताउनुभयो ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहाल , शिक्षा शाखा सहप्रमुख वद्री कार्की , शिक्षा गाउँ विकास समितिका सदस्य नीर बहादुर राई , सुस्मा किराँती , कार्यपालिका सदस्य जनप्रतिनिधिहरुको उपस्थिति थियोे ।
गाउपालिकाले यश अघिको वर्षदेखिनै सामुदायिक विद्यालयमा आईसिटिको माध्यमबाट पठनपाठन गराउँनको लागि कम्प्युटर उपलब्ध गराउदै आईरहेको शिक्षा शाखा प्रमुख उमेश राईले बताउनुभयो । शैक्षिक सुधारका लागि अहिले पढाइ प्रति विद्यार्थीको रुचि बढाउन सकियो भनेर यस्ता कार्यक्रम तथा प्रविधिलाई विद्यालयमा जोड्ने प्रयास भईरहेको गाँउपालिकाले जनाएको छ ।

कम्प्युटर तथा प्रिन्टर पाउने विद्यालयहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय