धनकुटा 

सहिदभूमि गाउपालिका धनकुटाकाे आर्थिक वर्ष २०७९/८० काे आर्थिक विधेयक आज सर्वसम्मतिले पारित भएको छ । गाउपालिकाकाे उपाध्यक्ष रत्नश्वरी राईले असार १० गते गाउपालिकाको दोस्रो गाँउसभाको प्रथम अधिवेशनमा आर्थिक वर्ष २०७९।८० को लागि ४४ करोड ९४ लाख बराबरको प्रस्ताव गरेको  बजेट आज बसेकाे गाउँसभा  बाट सर्वसम्मत पारित गरिएको हाे ।

त्यस्तै गरि आज गाउपालिकाले कर्मचारी र निर्माण व्यावसायिलाई सम्मान गरेको छ । सम्मान हुनेमा निर्माण व्यवसायी सारा शृस्ति निर्माण सेवा का सन्तोष राई , कर्मचारीहरुमा स्वास्थ शाखा प्रमुख फकिर मोहम्मद , राेजगार संयाेजक सीता पौडेल , याेजना शाखा प्रमुख अच्युतराज ढकाल , गाउपालिकाकाे असिस्टेन्ट सब ईन्जिनियर सुजन राई र साम्भु गाउँ स्वास्थ चाैकिका कार्यलय सहयोगी सुक्दिप राईलाई सम्मान पत्र र खदाले गाउपालिका अध्यक्ष मनाेज राई , प्रशासकीय प्रमुख लाेचन प्रसाद दाहाल उपाध्यक्ष रत्नश्वरी राईले सम्मान गर्नु भएको थियोे ।

गाउँ सभाकाे अवसरमा गाउँपालिका भित्रका अपांगता भएका दुई जना विद्यार्थीलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । गाउपालिकाकाे महिला तथा बालबालिका शाखामा शाखाले निकालिएको सुचना बमोजिम पालिका भित्रका दुई जना विद्यार्थीकाे आवेदन परेका वडा नं ४ का अनिशा राई र वडा नं २ का त्रेशिका राई लाई जनही नगद ५० हजार  प्रदान गरेर सम्मान गर्नुभएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय