काठमाडौं । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा हालसम्मकै उच्च रेमट्यिान्स भित्रिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ९ खर्ब ८६ अर्ब २० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको विभागले जनाएको छ ।

विभागको वार्षिक समिक्षा तथा छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जानेको बढेसँगै रेमिट्यान्स पनि बढी भित्रिएको महानिर्देशक शेषनारायण पौडेलले बताए ।
नेपालले आव २०६९÷७० मा ४ खर्ब ३४ अर्ब, आव २०७०÷७१ मा ५ खर्ब ४३ अर्ब, आव २०७१÷७२ मा ६ खर्र्ब १७ अर्ब, आव २०७२÷७३ मा ६ खर्ब ६५ अर्ब, आव २०७३÷७४ मा ६ खर्ब ९५ अर्ब, आव २०७४÷७५ मा ७ खर्ब ७६ अर्ब, आव २०७५÷७६ मा ८ खर्ब ७९ अर्ब, आव २०७६÷७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको थियो ।

त्यसैगरी, यो वर्ष चार वर्षपछि कै सबैभन्दा बढी रोजगारीको सिलसिलामा विदेशिएका छन् । चालु आर्थिक वर्षको असारमसान्तसम्ममा नेपालबाट ६ लाख २८ हजार ५०३ जना विदेशिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्षको सोही अवधिमा नेपालबाट १ लाख ६६ हजार ६९८ जना मात्रै विदेशिएका थिए । विभागका महानिर्देशक पौडेलले पछिल्लो समय कोभिडको असर कम भएकाले रोजगारीमा जाने बढेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय