साउन २१

पाख्रीबास कला साहित्य समाजको आयोजनामा प्रतिभा पहिचान तथा सम्वद्धन सम्बन्धि कार्यक्रम आज पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।

पाख्रीबास नगरपालिका स्थित जालपा देवी माविको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिका भित्रको ४० जना श्रष्टाहरुको सहभागिता रहेको थियो । सहभागि श्रष्टाहरुले गित ,नृत्य, कविता ,गजल ,मुक्तक,हास्य क्यारीकेचर अभिनय ,भजन ,सिलोक ,बासुरी र बाध्यवाजन जस्ता विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । नयाँ प्रतिभावान श्रष्टाहरुलाई राष्ट्रिय स्तरमा सहभागि हुन सहयोग पुर्याउने हिसाबले कार्यक्रम आयोजना गरिएको अयोजक संस्था साहित्य समाजले जानकारी दिएको छ ।

त्स्तै गरी कार्यक्रममा भोजपूर ,उदयपुर लगायथ जिल्लाका श्रष्टाहरुको पनि सहभागिता थियो । सहभागि सम्पूर्ण श्रष्टाहरुलाई कदर सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पाख्रीबास कला साहित्य समाजका सचिव धुव्र एलेक्स पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय