धनकुटा 

नेकपा एमाले धनकुटाले आगमी मंसिर ४ संघ र प्रदेश निर्वाचनका लागि उमेदवारको नाम सिफारीस गरेको छ ।

जिल्ला कमिटीको बैठकबाट संघिय प्रतिनिधि सभाका लागी प्रत्यक्षतर्फ एकल राजेन्द्र कुमार राई काे नाम सर्वसम्मत सिफारीस गरेको छ । त्यस्तै प्रतिनिधि सभा समानुपातीतर्फ सकुन्तला बस्नेत , बिनादेवि राई ,हिमा बस्नेत , गाेपाल भट्टराई गरि ४ जनाको नाम सिफारीस गरेको छ ।

प्रदेशसभा तर्फ ” क “निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ टिकाराम चेम्जोङ र निरन राईको नाम सिफारीस गरिएको छ । यस्तै क बाट समानुपातिक तर्फ मनकुमारी तितुङ तामाङ ,नैन बहादुर विस्वकर्मा ,यज्ञ कुमारी रुचाल , देवमान राई र गणेश कुमा राई गरि ५ जनाकाे नाम सिफारिस गरिएको छ ।

यता प्रदेश निर्वाचन क्षेत्र ” ख “तर्फ प्रत्यक्षतर्फ एकल ईन्द्रमणी पराजुलीकाे नाम सर्वसम्मत सिफारीस गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नं ख काे समानुपातिक तर्फ शिव बहादुर लिम्बू र धुममाया राईको नाम सिफारिस भएको  पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख सावित्रा राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय