काठमाडौं
चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए ।

 

मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ । यसैगरी माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ । यध्यपी चुनावमा सत्ता गठबन्धनको भावना अनुसार भोट नआएको भन्दै माओवादी केन्द्रका केही नेताहरुमा असन्तुष्टि देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय