धनकुटा पौष ५
धनकुटाको हिलेमा सञ्चालित दुइदिने वृहत निशुल्क स्वास्थ्य शिविर २५ सय जनाको स्वास्थ्य जाँच गर्दै सम्पन्न भएको छ । धनकुटा नगरपालिका वडा नं १ हिले र लाईन्स क्लब अफ बिराटनगर युनिक लाईन्स क्लब अफ बिराटनगर ग्रीनसिटीको संयुक्त आयोजनामा हीजो र आज सञ्चालन भएको शिविरमा २५ सय १्० जनाको स्वास्थ्य जाँच गर्दै सम्पन्न भएको हो ।

हिले माध्यमिक विद्यालयको प्रागनमा दुईनिद सम्म सञ्चालन भएको शिविरमा वडा नं १ र अन्य छिमेकि पालिका तथा विभिन्न वडा बाट स्वास्थ्य जाँच गराउन स्थानियहरु आएका थिए ।

उत्त स्वास्थ्य शिविरमा विभिन्न रोगहरु मुटु रोग ,वाल रोग ,छाला तथा यौन रोग ,आँखा, फोक्सो ,स्त्रीरोग ,हाडजोर्नी तथा नशा ,नाक कान घाटी,दन्त र मधुमेह लगायत रोगको उचार तथा स्वास्थ्य परामर्शका साथै औषधी वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको डाक्टर तथा विशेषज्ञहरुले उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय