जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । जसमा ‘मुद्दामा महत्वपूर्ण मानिएको जन्मदर्ता तथा साथी देव खनाल र स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बकपत्रका लागि बोलाउन’ भनिएको हो ।

केटीका दाजुले अस्पतालको कागजात मगाउनुपर्ने माग गरेका थिए । सोहीअनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार ‘किशोरीको जन्म भएको भनिएको’ नारायणी अस्पताल वीरगन्जबाट रेकर्डको कागजात झिकाउने तथा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश दिएको छ ।

त्यस्तै, किशोरी र सन्दीपका साथी रहेका देव खनाललाई पनि सुनुवाइका लागि बोलाउने आदेश अदालतले दिएको छ । सन्दीपका वकिलले ‘जन्मदर्ता प्रमाणसहित किशोरी नाबालिका नरहेको’ दाबी प्रस्तुत गरेका थिए । सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म १८ जेठ २०६१ बिहान ६ बजे भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय