विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ।

उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए।

तीमध्ये तीन वटा ब्राजिल आफैँले जितेको थियो। जम्मामा उनले एक हजारभन्दा बढी गोल गरेका छन् जसमा धेरैजसो उनले घरेलु क्लब सान्तोसका लागि गरेका हुन्।

पेलेले यस्तो छाप छाडेका थिए जसले स्वर्गीय अमेरिकी कलाकार यान्डी वार्होललाई ख्यातिको क्षणिक प्रवृत्तिबारे उनको प्रख्यात भनाइ परिमार्जन गर्न प्रेरित गर्‍यो।

”मेरो भनाइ खण्डन गर्ने केहीमा पेले पर्छन्: १५ मिनेटको ख्याति नभएर उनीसँग त्यो १५ शताब्दीसम्म रहनेछ,”

वार्होलले अनुमान गरेका थिए।

सन् १९७३मा म जन्मनुअघि नै पेलेले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका थिए। तर ब्राजिलमा हुर्किँदा उनका उपलब्धिको कथाहरू बारम्बार सुन्नबाट उम्कन असम्भव थियो।

ब्राजिललाई विश्वको सबैभन्दा राम्रो फुटबल टोलीका रूपमा स्थापित गर्नुका साथै काला जातिका पुरुष पेलेले अझ महत्त्वपूर्ण काम पनि गरे: दासत्वको लाजमर्दो विगत र आजसम्म कायम रहेको पृथकताको विरासत भएको भूमिमा उनी राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित हुन पुगे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय