ललितपुर ।श्री कुसुन्ती युबा क्लब र भनिमन्डल क्लबको संयुक्त आयोजनामा “प्रथम भेट्रान फुटबल टुर्नामेन्ट २०७९” हुने भएको छ । दुई क्लबको संयुक्त आायोजनमा यहि पुष २६ देखि ३० गते सम्म जावलाखेलको फुट्बल मैदानमा प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगितामा ३२ टिम सहभागिता रहने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने छ । हालसम्म ३२ टिमले दर्ता गराइसकेको र दर्ता हुने क्रम जारी रहेको श्री कुसुन्ती युबा क्लबको अध्यक्ष निरज खड्काले बताए ।
उनका अनुसार प्रतियोगितामा विजेताले नगद रु १५०  हजार, उपविजेताले नगद रु ७५ हजार र ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना,उत्कृष्ट गोलकिपर एक जनालाई सम्मान स्वरुप बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट रहेको अध्यक्ष खड्काले बताए ।

प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई आकर्षिक गर्ने आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय