ललितपुर ।भनिमण्डल क्लब र कुसुन्ती युवा क्लबको संयुक्त आयोजनामा “प्रथम भेट्रान फुटबल टुर्नामेन्ट २०७९” मंगलबारबाट शुरु भएको छ।
जावलाखेलस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा फ्रेन्ड्स भेट्रान्स र भनिमण्डल भेट्रान्स ‘बी’ विजयी भएका छन् ।तेसैगरी फ्रेन्ड्स भेट्रान्सले चावाहिल भेट्रान्सलाई २–१ ले पराजित गरेको हो । यस्तै भनिमण्डल भेट्रान्स ‘बी’ टिवाइसी भेट्रान्सलाई १–० ले पराजित गरेको छ ।
यस्तै जेभियर (टिम भेट्रान्स) ले कुमारी क्लबलाई १–० ले पराजित गरेको छ । अभिषेक चर्च भेट्रान्सले लाजिम्पाट एफसी भेट्रान्सलाई ३–० ले पराजित गरेको छ । आइएफसी भेट्रान्सले टुडिखेल भेट्रान्सलाई २–०, ओखाद भेट्रान्सले प्ले अन स्पोर्ट्स (बीबीसी) लाई ३–२, र फ्रिडम फाइटले वीरगन्ज भेट्रान्सलाई ३–१, चितवन भेट्रान्सले कपन भेट्रान्सलाई १–० ले पराजित गरेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार पाउनेछ । म्यान अफ दि सिरिज र उत्कृष्ट गोलकिपरले बुद्ध एयरको माउन्टेन फ्लाइट र गोल्डेन ग्लोभ्स र नगद प्राप्त गर्ने कुसुन्ती युबा क्लबको अध्यक्ष निरज खड्काले बताउनु भएको छ ।
हिजो देखि सुरु भएको”प्रथम भेट्रान फुटबल टुर्नामेन्ट प्रतियोगितामा ३२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिता पुस ३० गतेसम्म चल्नेछ ।












