काठमाडौ  ।नेपाल खेलकुद महासंघलको आयोजनामा “खेलकुद नागरिकको मौलिक अधिकार ,समृद्धिका लागी जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मुल नारा सहित नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता -२०७९” हुने भएको छ ।नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता -२०७९” यहि माघ ४ गते देखि ७ गते सम्म रामेछापको मन्थलीमा प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगितामा १३ टिम सहभागिता रहने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने छ । हालसम्म १३ टिमले दर्ता गराइसकेको र बागमती प्रदेश अन्तर्गत १३ जिल्लाको १३ टीम सहभागी रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रतियोगितामा विजेताले नगद रु २ लाख , दृितियले नगद रु १ लाख र तृतीयले नगद रु ५० हजार सहित सिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्नेछन। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई नगद रु १० हजार, उत्कृष्ट सेटर डिफेन्डर,ब्लकर,सर्बर र स्पाइकरले नगद रु ५ हजार रहेको आयोजकले जानकारी गराए ।

प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई आकर्षिक गर्ने आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय