काठमाडौँ। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमितिको अध्यक्ष केटीएम भ्वाइस डटकमका सञ्चालक रोयल आचार्य निर्वाचित भएका छन्।

बुधबार काठमाडौँमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटीएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्य समिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन्।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमीर लामा चयन भएका छन्। कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन्।

आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय