धनकुटा
धनकुटाको पाख्रीबास नगरपालिकामा पाख्रीबास कला साहित्य समाजको अयोजनामा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । साहित्यको उन्नयन र पाख्रीबासको पर्यटकीय परिचयको विस्तार र साहित्यको उत्थानका उद्धेश्यले अयोजित सहित्यक कार्यक्रमा उपस्थित स्रष्टाहरु मुकुन्द प्रयास ,केजी सुब्बा , निर्मला कुवर, अनिल सुवेदीले रचना वाचन गरेका थिए ।

कार्यक्रममा अतिथि कविहरु लमजुङका सम्झना जोशीले “छोराको शन्देश ” धादिङका कविन्द्र इटानीले “सम्बन्ध , अवसरवाद ”लगायतका शिर्षकका कबिता बाचन गरेका थिए । यस्तै अतिथि मुक्तककार नवलपुरका सुदीप कोइराला,अतिथि गजलकार धनकुटाका सुरेश कार्की,निसल भण्डारीले जगल बाचन गरेका थिए ।

उक्त साहित्य कार्यक्रमको सञ्चालन समाजका सचिव धुव्र एलेक्स पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो । साहित्य समाजले निरन्तर यस्ता साहित्य कार्यक्रम सञ्चालन गर्दै आइरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय