राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को छायांकन सकिएको छ । काठमाडौं र लमजुङको भुजुङ गाउँमा खिचिएको फिल्मको छायांकन एक महिनामा सकिएको छ । अब यो फिल्म आगामी भएको छ ।

७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी र मन महर्जनको अभिनय छ ।  सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ । फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर बनाएका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय