काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६७औं बुद्ध जयन्तीको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्रिशक्ति क्लब कोटाटोलमा शुक्रबार विहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबका सदस्य सुमित श्रेष्ठले बताए ।

क्लब आयोजक रहेको रक्तादान कार्यक्रमको सह–आयोजक काठमाडौं महानगरपालिका रहेको छ । महानगरको स्वास्थ्य विभागले व्यवस्थापन गर्ने यो आयोजनामा सबै टोलबासीलाई रक्तदान कार्यक्रममा सहभागी हुन श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय