सन्दिप थापा/काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न मानव अधिकार एलाइन्सको खबरदारी गरेको छ । मानव अधिकार एलाइन्स काभ्रेका अध्यक्ष यज्ञराज पाण्डेको नेतृत्वमा प्रमूख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल मार्फत ज्ञापनपत्र बुझाउदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

प्रजिअ मार्फत् बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्वमन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानव अधिकार एलाइन्स जिल्ला शाखा काभ्रेपलान्चोकको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सम्लग्न व्यक्तिहरुलाई कारबाहीका लागि मानव अधिकार एलाइन्स जोडदार माग गर्दछ ।’

सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग भएको एलाइनसको ठहर छ ।

‘नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासन प्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय हो। यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथी कडा कारबाही गरिनु पर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।

आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानबीन गर्न गर्नसमेत एनाइन्सको माग छ ।

दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्ममान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानव अधिकार एलाइन्स जिल्ला शाखा काभ्रेपलान्चोक जोडदार माग छ।

अनुसन्धान प्रकृयालाइ सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरू समक्ष एलाइन्सको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय