काठमाडौं। नेपाल खड्गी सेवा समितिको अध्यक्षमा अन्जिता खड्गी निर्वाचित भएकी छन् । खड्गी समाजको ८औं महाअधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनले खड्गीको नेतृत्वमा ११ जना केन्द्रीय समिति निर्वाचित गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष प्रकाश खड्गी, उपाध्यक्ष गोबिन्द बहादुर शाही, महासचिव राज शाही, कोषाध्यक्ष रिना खड्गी, केन्द्रीय सदस्यहरू प्रदिप खड्गी, युवराज शाही, सन्देश शाही, गुल्फा नेवाः खड्गी, मनिस राज खड्गी र
शुरेस शाही रहेका छन् ।

सेवा समितिको ५०औँ स्थापन दिवस र १५औं नायः दिवस समेत रहेको उक्त समारोहको काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले उत्घाटन गरेका थिए ।

नेवार समुदायभित्रको नायः सिंह, खड्गी तथा शाहीहरूको हकहित, उत्थान एवं सामाजिक संरक्षण, जातीय भेदभावको विरुद्ध निर्माण भएको समाज सेवाले विभिन्न कार्यहरू गर्दै आएको समाजकी अध्यक्ष अन्जीता खड्गीको भनाइ छ। अशिक्षित र अज्ञानीलाई ज्ञान दिने र देशप्रति जिम्मेवार नागरिक तयार गर्ने नेपाल खड्गी सेवा समितिको मूल उद्देश्य रहेको उनको भनाइ छ ।

स्थापना दिवसको अवसरमा समितिले स्वर्ण स्मारिका समेत विमोचन गरिएको छ । समितिको स्वर्ण स्मारिका महानगरपालिका मेयर बालेन्द्र साहले सार्वजनिक गरेका थिए। युग परिर्वतन भइरहेको र मानव विकासको क्रम सँगै जातीयताको कुरा गलत होकि भन्ने प्रश्न उठ्न सक्छ तर आफ्नो अस्तित्वसंग गाँसिएको आफ्नो जातिको अधिकारको विषयमा बोल्ने नैसर्गिक अधिकार भएको अध्यक्ष खड्गीको भनाइ छ।

यसका साथै समितिको ८ औँ महाधिवेशन पनि आजनै सम्पन्न गरिने उनको भनाइ छ। महाधिवेशनले समितिको आगामी दिनमा समाजको समग्र विकासका कार्य अगाडि बढाउँदै राजनीतिक निर्णय गर्ने ठाउँमा खड्गीहरुको पहुंच पु¥याउन ठोस कार्ययोजना र निति निमार्ण गर्ने छ बताइएको छ।

कार्यक्रममा वरिष्ठ गायक प्रवेशमान शाक्य तथा नेवा आइडलहरूको प्रस्तुतीसमेत रहेको समितिका संरक्षक मजोज नेवाः खड्गीले जानकारी दिए।

सो अवसरमा समितिका अध्यक्ष अन्जीता खड्गीद्धारा लेखित नायः प्रोफाइल नामक पुस्तक पनि विमोचन गरिएको छ। सो पुस्तक पनि महागरपालिका मेयर शाहले विमोचन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय