काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले कोशी प्रदेश कमिटी र कोशी प्रदेश मातहत रहेका जिल्ला र स्थानीय तह कमिटी सबैलाई बाढी पहिरो पीडितको उद्धार र राहतमा लाग्न निर्देशन दिएको छ । अध्यक्ष परशुराम बस्नेतले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा भिएको छ, ‘यहि असार १ गतेदेखि परेको अविरल वर्षाको कारणले काशी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको श्री जंगा गा.पा, सिदिनवा गा.पा, आठराई त्रिवेणी गा.पा, मैयाखोला गा.पा, मेरीङदेन गा.पा पाँचथर, संखुवासभाको चैनपुर, मादी, पाँचखपन लगायतका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट पीडित भई घरबार छाडी स्थान्तरण हुनु परेको, विपदको घडीमा सम्पूर्ण आमा, वुवा, दाजुभाई, दिदि बहिनीहरू प्रति नेपाल खेलकुद महासंघ गहीरो दुःख प्रकट गर्दछ साथै महासंघको कोशी प्रदेश कमिटी, जिल्ला कमिटि, पालिका कमिटीका जिम्मेवार कमरेडहरूलाई उदार तथा राहत ब्यवास्थापनमा अविलम्व लागी पर्न निर्देशन गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय