काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको चार महिने ‘मिसन नेक्सन इलेक्सन तार्गेट न्यू जेनेरेसन’ अन्तर्गनको भ्याली फुटसल च्यामिपियन्सको सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय युवासंघद्वारा आयोजित सो प्रतियोगिता प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतियोगितामा कामनपा वडा नम्बर १४ को टिम विजेता भयो। यो अभियान चार महिनासम्म चल्नेछ।

श्रेष्ठले फुटसल खेल पारदर्शिता किसिमको खेल भएको बताउँदै जोस र होस सँगसँगै व्यवस्थापन गर्नुपर्ने बताए। जोस र होसको व्यवस्थापन मिल्न नसक्दा कहिलेकाहीँ बल हान्दा खुट्टामा लाग्नसक्ने बताउँदै यस्तोमा धैर्यता गर्नुपर्ने उनको भनाइ छ।

शरीरलाई स्वस्थ, चुस्त र तन्दुरुस्त राख्नका लागि खेल आवश्यक हुने बताउँदै उनले युवा स्वस्थ भए मात्र देश बन्ने बताए।

काठमाडौं महानगरको कमिटीको फुटसल सेलेक्सन प्रतियोगितामा संगठनका उपाध्यक्ष, महासचिव, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, काठमाडौं जिल्ला कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्यहरु नगर कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थितका बीच काठमाडौंको कुलेश्वरमा उद्घाटन भएको थियो।

विजतालाई पुरस्कार वितरण काठमाडौं महानगर १४ वडा सदस्य नवीन नकर्मी र काठमाडौं महानगर युवसंघ अध्यक्ष दीपेश सुदाकारबाट भएको थियो। सुदाकारले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय