विजय खड्का
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयले १५ गते पाएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थ मन्त्रालयलाई चिठी पठाएको थियो ।

यसअघि राष्ट्रपतिको स्वकिय सचिवालयले वैशाख १९ गते एक विज्ञप्ती निकाल्दै भारतको नयाँ दिललीस्थित एम्समा भएको उपचार खर्चले बेहोर्न चाहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय