पुर्ण कार्की/काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति देखि स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । वर्ग अनुसार भने मूल्य फरक फरक पर्ने छ ।

स्वचालित मूल्य प्रणाली लागु भएसंगै भारतबाट मूल्य बढेर आए स्वत बढ्ने र भारतबाट घटेर आए स्वत घट्ने छ। निगमले अब उप्रान्त डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा खाने जनाएको छ । खाना पकाउने ग्यासमा भने नाफा नलिई लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ।

हवाई इन्धनको हकमा भने आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेको छैन । हवाई इन्धनको हकमा निगमको संचालक समितिले नै निर्णय गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय