धनकुटा ।
नेपाल मगर महिला संघकाे ७ ओै राष्ट्रिय सम्मेलन आजदेखी धनकुटाकाे पाख्रीवासमा शुरु भएकाे छ ।
सम्मेलनकाे उद्घाटन् काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नु भएकाे हाे । संघका केन्द्रीय अध्यक्ष हिरुसरा मगरकाे अधध्यक्षतामा सञ्चालित सम्मेलनकाे उद्घाटनसत्रलाई सम्बाेधन गर्दै प्रदेश उपसभामुख दनुवारले मगर समुदायकाे संग्राहलय निर्माण गर्नपर्नेमा जाेड दिनुभयाे । संग्राहलयमा समुदायकाे कला, सस्कार, सस्कृतिमा आधारित वस्तुहरुलाई संग्रह गर्न मद्दत पुग्ने र यसले उल्लेखित कुराहरुकाे संरक्षणमा सघाउ पुग्ने धारणा राख्नु भयाे । उहाँले नेपालमा बहुभाषी, बहुधर्मवालम्बि मानिसहरु बसाेबास गर्ने भएकाेले एकअर्काकाे सद्भावलाई ध्यान दिदै आफ्नाे अस्तित्व र अधिकारका कुराहरु उठाउन पर्ने बताउनु भयाे ।

oplus_2

oplus_2

सम्लेनकाे उद्घाटनसत्रमा प्रदेश आर्थिक मामिला तथा याेजनामन्त्रि राम राना मगर, अन्तराष्ट्रिय मगर महासंघ अध्यक्ष नवीन मगर,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल, पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । सम्मेलनमा ४० जिल्लाकाे प्रतिनिधि र पर्यवेक्षक गरि २ सय ४५ जनाकाे सहभागी रहेको आयाेजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय