धनकुटा ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन धनकुटा जिल्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रथम अधिवेशनबाट लाक्पा तेञ्जिङ सेर्पाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
प्रथम अधिवेशनबाट अध्यक्षमा सेर्पालाई निर्विरोध निर्वाचित गरेको हो। अधिवेशनले उपाध्यक्षमा खेमराज थापा, सचिवमा लिलाराज लावती ,काेषाध्यक्षमा लक्ष्मी परियार रहेकाछन् । यसैगरी सदस्यमा मान बहादुर थापा, कर्ण बहादुर मगर, लिलाराम राई , प्रकाश श्रेष्ठ ,रविन जंग कटुवाल ,काजीमान लिम्बू ,पुस्पा तामाङ निर्वाचित भएकाछन् । प्रथम भेलालाई जिल्ला पार्टी अध्यक्ष शिव आङला, नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य कृष्ण शाहले सम्बाेधन गर्नु हुदै नव गठित संगठनका जिल्ला कमिटीलाई कार्यकाल सफलताको शुभकामना दिनु भयो । साथै उहाँहरुले पर्यटन व्यवसायीले भोग्नु परेको कठिनाइ, व्यवसायिक हक हितकाे पक्षमा आगामी दिनमा संगठनले ससक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन काेशि प्रदेश अध्यक्ष फडिन्द्र अधिकारीले संगठनकाे गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियोे । साथै उहाँले अहिलेसम्म यसअघि काेशि प्रदेशका ३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी गराउदै धनकुटा जिल्ला संग गरि ४ वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिनु भयो ।
संगठनका प्रदेश सदस्य अनिल राना मगर , मानवी माेक्तान , पार्टीका जिल्ला सचिवालय सदस्य बलबहादुर राई ,छथरजाेरपार्टि गाउँ कमिटी काेषाध्यक्ष महेन्द्र थापा , तुलसा पैडेल लगायतको उपस्थिति थियोे ।