
धनकुटा ।
नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्यसमिति धनकुटाले पहिराेमा ज्यान गुमाएका परिवारलाई रु १० हजार आर्थिक सहयोग गरेको छ । गत असाेज ११ र १२ गते परेको अविरल वर्षाले पाख्रीबास नगरपालिका वडा नं ५ गुराँसेमा घरमाथिबाट पहिराे झर्दा एकै परिवारका दुईजना आमा छाेरि लक्ष्मीशाेभा तामाङ र आशा तामाङकाे मृत्यु भएको थियोे । नेपाल तामाङ घेदुङकाे तर्फबाट राहत स्वरुप शनिबार १० हजार सहयोग गरेको नगर घेदुङका काेषाध्यक्ष कल्पना तामाङले बताउनुभयो ।
उक्त सहयोग हस्तान्तरण नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य विष्णु माेक्तान , घेदुङका जिल्ला कमिटी सदस्य देवेन्द्र तामाङ , चन्द्रबहादुर तामाङ , नगर अध्यक्ष गजेन्द्र बम्जन,नगर उपाध्यक्ष मानवी माेक्तान , सचिव साेम तामाङ , पुर्व नगरघेदुङ अध्यक्ष जयन्द्र घिसिङ , तामाङ पत्रकार संघका जिल्ला काेषाध्यक्ष जानू तामाङ , नगर घेदुङ सदस्य एवम पुर्व वडा अध्यक्ष दल बहादुर तामाङकाे उपस्थितमा मृतक परिवारका सदस्यलाई सहयोग हस्तान्तरण गरेको हाे । साेहि अवसरमा नगर घेदुङका उपाध्यक्ष मानवी तामाङ र काेषाध्यक्ष कल्पना तामाङले व्यत्तिगत दुई काटन फ्रुटि ४ केजी चिनि ४ केजी आटा सहयोग गरेको थियोे ।