धनकुटा ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले पहिराेमा ज्यान गुमाएका परिवारलाई रु २० हजार आर्थिक सहयोग गरेको छ । गत असाेज ११ र १२ गते परेको अविरल वर्षाले  पाख्रीबास नगरपालिका वडा नं ५ गुराँसेमा घरमाथिबाट पहिराे झर्दा एकै परिवारका दुईजना आमा छाेरि लक्ष्मीशाेभा तामाङ र आशा तामाङकाे मृत्यु भएको थियोे । नेपाल तामाङ घेदुङकाे तर्फबाट राहत स्वरुप मंगलबार नगद २० हजार आर्थिक सहयोग गरेको  काेषाध्यक्ष सुभचन्द्र माेक्तानले बताउनुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमा प्रदेश सभासदस्य ईन्द्रमणि पराजुली ,जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पाैडेल , घेदुङका जिल्ला सदस्य चन्द्रबहादुर तामाङ ,उद्योग बाणिज्य संघ धनकुटाका बरिस्ठ उपाध्यक्ष तारातितुङ लगायतको उपस्थिति थियोे । घेदुङका जिल्ला अध्यक्ष पेमा कुमारी लामाले मृतकका परिवारजनमा  धनजन मानवीय क्षेतिले मर्महात बनाएको भन्दै  गहिरो दुख व्यक्त गर्दै समवेदना पत्र प्रदान गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय