धनकुटा ।

नेकपा एमाले सहिदभूमि गाउँपालिका १ नं. वडा कमिटीको  दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होमप्रकाश राईकाे अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको हाे ।

यस्तै उपाध्यक्ष अएन कुमार राई , सचिव अजय रोशण राई , उप-सचिव प्रकाश राई र उप-सचिव पृती राई लगायत सदस्यहरु रहेकाछन् । त्यस्तै गरि अनेम संघ नेपाल १ नं.वडा कमिटी रत्न कुमारी राईकाे अध्यक्षतामा ९ सदस्य गठन गरिएको छ ।

अनेमा वडा कमिटी उपाध्यक्ष सविता राई, सचिव पृती राई, उप-सचिव राम कुमारी राई, कोषाध्यक्ष हेम कुमारी राई रहेकाछन् । त्यस्तै गरि यूवा संघ नेपाल १ नं. वडा कमिटी टेक बहादुर खड्काकाे अध्यक्षतामा २३ सदस्य गठन गरिएको छ । उपाध्यक्ष खगेन्द्र कार्की , सचिव रविन राई, कोषाध्यक्ष हेम कुमारी राई भुजेल रहेकाछन् । साेहि अवसरमा
अनेकि संघकाे रत्न बहादुर राईकाे अध्यक्षतामा ९ सदस्य वडा कमिटी गठन गरिएको छ । संघको उपाध्यक्ष हरी बहादुर भण्डारी , सचिव रेवत भण्डारी , सह- सचिव मान बहादुर कार्की , कोषाध्यक्ष एम कुमार राई रहेकाछन् ।
अधिवेशन नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, पुर्व राज्यमन्त्री निरन राईकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

अधिवेशनमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, एवम् पालिका इन्चार्ज साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, सुष्मा किराँती राई, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य, अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्य रत्नश्वरी राई, केशब राई, बसन्त राई,पुर्व जिल्ला कमिटी सदस्य सरस्वती कार्की, नेकपा एमाले सल्लाहकार परिषद सदस्य प्रेम राई, कुल बहादुर खड्का, राई बहादुर राई, सोमनाथ खड्का, सहिदभूमि पालिका कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेमकुमार राई,सचीव बलिन्द्रमानसिंह राई लगायतकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय