ललितपुर, १८ कात्तिक : नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन अन्तर्गत ललितपुरका तीन वटै क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। नेपाली काँग्रेस १५ ओैँ महाधिवेशन पक्षधरले गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलमा मंगलबार ललितपुर निर्वाचन क्षेत्र नं. १ नगर/प्रदेश सभा/प्रतिनिधि सभा निर्वाचन क्षेत्रको १५ औं नियमित अधिवेशनसम्पन्न गरेसंगै तीनै क्षेत्रमा नयाँ नेतृत्व चयन सम्पन्न भएको हो।
क्षेत्रीय अधिवेशनबाट ललितपुर क्षेत्र नं. १ मा कृष्ण चन्द्र महर्जन, क्षेत्र नं. २ मा जयकृष्ण बोगटी र क्षेत्र नं.३ मा सुन्दर कृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएक छन् । त्यस्तै, ललितपुर महानगरपालिकाको सभापतिमा शरद महर्जन, महालक्ष्मी नगरपालिकाको सभापतिमा वेदप्रसाद तिमल्सिना, गोदावरी नगर सभापतिमा दिपेन्द्र रमण डंगोल, बागमती गाउँपालिका सभापतिमा दिल लामा, कोन्ज्योसोम गाउँपालिका सभापतिमा माधव घिमिरे र महाँकाल गाउँपालिका सभापतिमा पुरूषोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।
तीन वटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएसंगै जिल्ला अधिवेशनको तयारी भएको जिल्ला संयोजक सुदर्शन घिमिरेले जानकारी दिनुभयो। —-












