काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको नयाँ आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त आईजीपी केसीलाई बुधबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघि सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको थियो।

पछिल्ला विवादास्पद घटनाक्रममा कार्कीको समेत भूमिका रहेको भन्दै सरकारले उनलाई जिम्मेवारीबाट हटाएको बताइएको छ। सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि उनलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विकल्प रोजिएको हो।

नवनियुक्त आईजीपी केसीले अब नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय