धनकुटा नगरपालिका वडा न्ं १ का नेकपा ( एकीकृत समाजवादी) पार्टीका नेता कार्यकता एमालेमा प्रवेश गरेकाछन् । यो वडा नेकपा (एस) अध्यक्ष तथा गठबन्धनका प्रदेश क्षेत्र नं १ का प्रत्यक्ष उमेद्वार बनेका अर्जुन राइको समेत वडा हो ।
बुधबार विहान नेकपा एमाले का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र कुमार राई, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवं प्रदेश सभा क्षेत्र नं ” ख ” प्रत्यक्ष उम्मेदवार इन्द्रमणि पराजुली , धनकुटा जिल्ला पार्टि सचिव एवं प्रदेश क्षेत्र नं ” क” का उम्मेदवार निरन राई, प्रदेश समानुपातिका उम्मेदवार तारा तितुङ मनकुमारी लगाएतले नेता कार्यकर्तालाई स्वागत गर्नु भएको हो ।












