महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित वडा अध्यक्ष सरकारी नम्बर प्लेट भएको बाईक लिएर पैसा बाडन हिडेकाे भेटे पछि युवाहरुले पक्रेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले माैन अबधिकाे समयमा   मतदातालाई प्रभावित पार्न सरकारी  बाईक प्रयाेग गरेर वडा अध्यक्ष नेत्र  अधीकारीले  पैसा बाड्न हिडेकाे  वडा अध्यक्षकाे वाईक सहित अन्य वाईक पक्रेर प्रसासनलाई बुझाएको युवासंघ महालक्ष्मीले जानएकाे छ ।मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ ।

मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले पैसा बाड्ने , प्रचारप्रसारका काम गर्न पाउँदैनन् ।

दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय