धनकुटा पुस २६
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको  चानुवा माविको ६४औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गर्नु भएको थियो ।

चानुवा माविकोे ६४औं बार्षिक उत्सव उद्द्याटन गर्नु हुदै प्रमुख अतिथि संसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास ,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि  महालक्ष्मी नगरपालिकाको  मेयर धुब्रराज राय  ,उपमेयर मन्जु अधिकारी र कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक कुमार बाबु श्रेष्ठले शैक्षिक प्रगति प्रतिवेदन सहित विद्यालयको आर्थिक र भावि योजना प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले विद्यालयले स्कुल बस खरिद गरेको पनि सो अवसरमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा विद्यालयका जेहेन्दार ,उत्कृषट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न पुरस्कार तथा छात्रावृति वितरण गरिएको थियो ।

स्वागत मन्तवय शिक्षक अम्बर रायमाझीले राख्नु भएको थियो भने सञ्चालन शिक्षक राजन चापागाईले गर्नु भएको थियो । कार्यक्रममा अभिभावक , विभिन्न क्षेत्रका समाजसेवी ,राजनैतिक दलका प्रनिधि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय