धनकुटा,
शहिदभुमि गाउपालिका वडा नं ४ खोकुमा एक कार्यक्रमका बिच खेलकुद समिति गठन गर्दै खेलकुदका सामाग्री  वितरण गरिएको छ ।

वडा नं ४ का वडा अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले १३ सदस्य वडा स्तरीय खेलकुद समिति गठन गरेको हो । समितिको अध्यक्षमा आलोक राई, उपाअध्यक्ष अदिप राई ,सचिव प्रदिप राई,सहसचिव निराज राई,कोषध्यक्ष दोसन राई रहेकाछन् ।

त्यस्तै गरी सुचिवमा विनिता याख्खा, विनोद गिरी,अशोक राई,विकास राई,भोगेन्द्र राई,सजिताराई, रोशन राई र एनदिप राई रहेको छ ।

खेलकुद समितलिाई वडा अध्यक्ष भुपेन्द्र राईले बधाई तथा शुभकामना ज्ञापन गर्नु हुदै खेलकुदका सामान वितरण गर्नु भएको छ । कार्यक्रममा वडा सदस्यहरु लाल बहादुर राई,रेखा राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय