नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सबै दल एक भएपनि आफूहरूले जित्ने दाबी गरेका छन् । सोमबार एमालेको भरतपुर महानगर कमिटीको प्रथम अधिवेशेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले गठबन्धनतर्फ लक्षित गर्दै ‘आगामी स्थानीय चुनावमा धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने’ बताए ।

उनले त्यसका लागि तयार रहन कार्यकर्ताहरूलाई आग्रह गरे ।आगामी चुनावमा पाँच दलीय गठबन्धन एकै ठाउँमा रहेर चुनाव लडेपनि एमाले एक्लै काफी हुने उनको दाबी छ । “छोरी बोकेर कांग्रेस हिँड्यो । हामी बाउलाइ नै उठाउँछौँ,” उनले भने ।

आफूहरू बत्ती निभाएर मतपत्र च्यातेर चुनाव जित्ने पार्टी नभएको भन्दै जनताको पवित्र मतबाट चुनाव जित्ने उनले बताए । “हामीले यहाँ महाधिवेशन गरेपनि जित्छौँ, नगरेपनि जित्छौँ,” उनले भने ।बालबालिका र किशोरकिशोरी एमालेप्रति आकर्षित भएको उनको दाबी छ । उनले एमालले समाजवाद ल्याउन आधार तयार पारेको बताए ।

जालझेल सेटिङ गरेर दुई तिहाइको सरकार ढालेको भन्दै उनले अब आउने चुनाव आफूले एक्लै दुईतिहाइ मतले जितेर सिंहदरबार छिर्ने बताए । असंवैधानिक बाटोबाट सरकार ढालेको र नेकपा एमाले फुटाएको उनको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय