एजेन्सी । अहिले जाडोको मौसम सुरु भैसकेको छ । यतिबेला घामको न्यानो तापको छुट्टै आनन्द हुन्छ । प्राय सबैले सोच्ने गर्छन ‘घाम कहिल्यै नअस्ताए हुन्थ्यो ।’ विश्वमा यस्ता स्थानहरु पनि छन, जहाँ घाम उदाउँदैन । त्यस्तै एउटा ठाउँ इटालीमा छ ।त्यो ठाउँमा नोभेम्बर देखि फेब्रुअरी तीन महिना सूर्यको प्रकाश देख्नै पाइँदैन । लगातार तीन महिना घाम नलाग्ने इटलीको त्यो गाउँको नाम हो, भिगल्लेना ।

यो गाउँ चारैतिरबाट पहाडले घेरिएको छ । मिलानको उत्तरी क्षेत्रमा पर्ने यो भिगल्लेना गाउँ अग्ला अग्ला पहाडभन्दा १३० मिटर गहिराइमा अवस्थित छ ।यो गाउँको जनसंख्या २०० मात्र छ । लगातार तीन महिना घाम नलागेका कारण स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दै एकजना ईन्जिनियरले एउटा उपाय अपनाए ।सन १९९९ तिरको कुरा हो, भिगल्लेना गाउँका मेयर फ्रेन्को मिडालीले स्थानीय आर्किटेक्ट जियाकोमो बोन्जानीसंग गाउँमा सूर्यको किरण ल्याउने विषयमा छलफल गरे । त्यही छलफलले गाउँलेहरुलाई सूर्यको दर्शन गरायो ।ईन्जिनियर बोन्जानीले कृतिम सूर्य बनाउने निर्णय गरे ।

यो कामका लागि एक लाख युरो खर्च भयो । यसका लागि ४० बर्गकिलोमिटर आकारको सिसाको ऐना खरिद गरियो । जसलाई पहाडको टुप्पोमा जडान गरियो ।कम्प्युटरबाट चलाउन सकिने त्यो ऐनालाई गाउँमा सूर्यको प्रकाश पार्न सक्नेगरी पहाडको टुप्पोमा जडान गरिएको थियो । यो ऐनाले दैनिक ६ घण्टासम्म सूर्यको किरण परावर्तन गरी गाउँसम्म पुर्याउँछ ।

अहिले भिगल्लेनाबासीहरु सिसाको ऐनाबाट बनाइएको कृत्रिम सूर्यको किरणबाट आनन्द लिइरहेको टाइम्स नाओ न्युज डटकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय