छिन्ताङ हत्याकाण्डका वीर शहिदहरुको सम्झनामा हरेक वर्ष छिन्ताङ शहिदपार्कमा विभिन्न कार्यक्र गरी शहिद स्मृति दिवस मनाउदै आइरहेको छ । यस वर्ष पनि नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला कमिटी धनकुटाले शहिदहरुको सम्झनामा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपि सर्मा वलीको प्रमुख आतिथ्यमा वृहत कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको छ । त्यस्तै कार्यक्रममा पार्टीका स्थायि कमिटीका सदस्यहरु उपस्थिति रहने छ ।

खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कार्तिक २७ गते तत्कालिन पञ्चायती सरकारले १६ जना कम्युनिष्ट कार्यकर्ताहरुको निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनको सुत्केरी सहति १६ जनालाई कोहीलाई भीरबाट लडाएर,कोहीलाईगोली हानेर ,कोहिलाई नदीमा बगाएर हत्या गरिएको थियो ।

एमाले जिल्ला कमिटी धनकुटाले एक कार्यक्रम आयोजना गरी आगामि कार्तिक २९ गते ४३ औ छिन्ताङ शहिद स्मृति दिवस भव्य रुपमा सम्पनन गर्नका लागि ४३ औ छिन्ताङ शहिद स्मृति व्यवस्थापन समिति गठन गरिएको छ ।

स्मृति सभा सम्पन्न गर्नका लागि पार्टीका जिल्ला अध्यक्ष तथा संघिय संसद राजेन्द्र राई, प्रदेश संसद निरन राई , प्रदेश संसद तथा न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुली, गाउपालिका अध्यक्ष मनोज राई ,उपाध्यक्ष रत्नश्वरी राई, पार्र्टीका गाउ कमिटी अध्यक्ष निर बहादुर राई लगायत गााउ कमिटीका नेताहरु , जिल्ला सचिवालयका नेताहरु ,र विभिन्न जनवर्गिय संगठनका नेताहरुको उपस्थिमा ४३ औ छिन्ताङ शहिद स्मृति व्यवस्थापन समिति गठन गरिएको हो ।

यस्तै गरी यवस्थापन समितिको विभिन्न उपसतितिहरु गठन गरिएको छ । आर्थिृक व्यवस्थापन समितिको संयोजक जिल्ला सचिवालय सदस्य तथा गााउपालिका अध्यक्ष्य मनोज राई , यातयात वयवस्थापनको संयोजक गाउकमिटी सचिव तथा वडा अध्यक्ष हेमकुमार राई , स्वागत सत्कार तथा सम्मान व्यवस्थापन समितिको संयोजक गाउकमिटी सहईन्चार्ज तथा वडा अध्यक्ष भुपेन्द्र राई , प्रचारप्रसार विभाग संयोजकमा जिल्ला सचिवालय सदस्य साबित्रा राई लगायतका विभिन्न समिति गठन गरेर स्मृति दिवस भव्य रुपमा सम्पनन गर्नका लागि जिम्मेवारी दिईएको संसद निरन राईले जानकारी दिनुभएको छ ।

साथै शहिद स्मृति सभामा राष्ट्रिय कलाकार बद्रि पंगेनि , प्रीया भण्डारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने स्मृति सभा आयोजक समितिले जानकारीदिएको छ । उक्त कार्यक्रममा १०  हजार बढी नेता तथा कार्यकर्ताको उपस्थिति रहने एमाले पार्टी धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय