२५ पुस, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले निरन्तर मास्क लगाए लकडाउन गर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

आइतबार मुख्यमन्त्री केजरीवालले भर्चुअल प्रेस सम्मेलनमा भने, ‘कोभिड-१९ का संक्रमितको संख्या बढ्नु चिन्ताको विषय हो तर डराइहाल्नु पर्दैन । थोरै मानिस मात्रै अस्पताल भर्ना भइरहेका छन् । मास्क लगाउन निकै आवश्यक छ। तपाईँले निरन्तर मास्क लगाउनु भयो भने कुनै लकडाउन हुँदैन । अहिले लकडाउन लगाउने कुनै योजना छैन ।’

पछिल्लो २४ घण्टामा दिल्लीमा थप २२ हजार जनामा कोभिड संक्रमण पुष्टि हुने सम्भावना रहेको पनि उनको भनाइ थियो ।केजरीवालले पछिल्लो समय संक्रमण बढिरहेको भए पनि अस्पताल भर्ना हुनेको संख्या निकै कम रहेकाले नडराउन पनि आग्रह गरेका छन् ।दिल्ली सरकारले मानिसको जीविकोपार्जनमा असर नपर्ने गरी न्यूनतम प्रतिबन्ध लगाउने प्रयास गरेको पनि केजरीवालको भनाइ थियो । ‘मानिसको जीविकोपार्जनमा असर नपरोस् भनेर न्युनतम प्रतिबन्ध लगाउने हाम्रो प्रयास रहेको छ’, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय