४ माघ ०७८, काठमाडौं । केही समयअघि भारत र अफगानिस्थानमा ठूलो भुकम्प भएको छ ।
आज विहान मंगलबार भारतको अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वी क्षेत्रमा सोमबार राति पनि ३० मिनेटको अन्तरालमा दुई पटक साना भूकम्प गएका थिए ।
विभिन्न संचारमाध्यमहरुका अनुसा। पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २ दर्जन भन्दा धेरै स्थानीय बासिन्दाहरुको निधन भएको छ
भूकम्प गएपछि धेरै घरहरु भत्किएका छन् भने पहिलो भुकम्पको धक्का गएको दुई घण्टापछि दोस्रो भुकम्प गएको थियो ।
भूकम्प गएपछि धेरै घरको भत्केर मानिसहरु च्यापिंएका छन् । अहिले भुकम्पग्रस्त क्षेत्रमा उद्धार सुरु गरिएको छ । प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग क्षतिको विवरण सुनाउदै भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
भूकम्पग्रस्त क्षेत्रमा भारी वर्षा पनि भएको समाचार एजेन्सीहरुले जनाएका छन् । उद्धार सुरु भएसँगै प्रारम्भिक विवरण आएको र घाइते तथा निधन हुनेहरु संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय