चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा नेपालबाट ५२ करोड ६६ लाख रुपैयाँ बराबरको सुनचाँदी गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनाको तथ्याङ्कअनुसार उक्त मूल्य बराबरको सुनचाँदी गहना निर्यात भएको हो ।

यस अवधिमा ३४ करोड ४९ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागले ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा ७४ लाख ७० हजार ग्राम बराबरको १८ करोड १७ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको विभागले जानकारी दिएको छ ।नेपालबाट अष्ट्रेलिया, हङकङ र अमेरिकामा सुनबाट बनेका गहना निर्यात हुने गरेको छ । चालू वर्षको ६ महिनामा अमेरिकामा सबैभन्दा बढी २९ करोड ४७ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । यस्तै, हङकङमा ४ करोड ३२ लाख रुपैयाँको र अष्ट्रेलियामा ७० लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।

यसैगरी,चाँदीबाट बनेका गहना अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, क्यानडा, इजरायल, रोमानिया, पोर्चुगल, सिंगापुर, ताइवान र स्वीजरल्याण्ड लगायतका देशमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय