धनकुटा

धनकुटामा गठबन्धन सरकार बाट अनेक षडयनत्र र जालझेल र गुण्डागर्दी शैलि बढाईएको भन्दै गुण्डागर्दी शैलिको विरुद्ध घोर भ्रत्सना सहित राष्ट्रिय युवा संघ नेपाल धनकुटाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

धनकुटामा स्थानिय तहको निर्वाचन २०७९ बैशाख ३० गते देखि अनेक षडयनत्र र जालझेल र गुण्डागर्दी शैलिमा प्रशासनको प्रहारका घट्ना दिनदिनै बढिरहेको भन्दै यहि जेठ ८ गते र जेठ १० गते सहिदभुमि वडा नं ६ स्थित नेपालि काङग्रेस पार्टीको उक्साहाटमा राष्ट्रिय युवा संघ नेपाल धनकुटाका सदस्य निरन राई माथि भएको सांघातिक आक्रमणको घोर भ्रत्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेर दोसीमाथी कारवाहीको माग गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल धनकुटाका अध्यक्ष प्रवीन पोख्रेल द्धरा हस्ताक्षरीत विज्ञप्ती मार्फत साथै पिडितलाई न्याय र पिडकलाई हदै सम्मको कारवाहीको जोडदार माग गरेको छ । उहाँले पार्टीपक्ति विरुद्ध विपक्षी दलबाट हुने गैरराजनैतिक तथा अराजक गतिबिधी र भौत्तिक आक्रमण विरुद्ध प्रतिवाद गर्न समेत युवा संघ आवद्ध नेता कार्यकर्ताहरुमा आव्हान गर्दछु विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय