धनकुटा असार ४

पारिवारिक र सामाजिकउत्तरदायित्वको उच्च मुल्यांकन गर्दै धनकुटा नगरपालिका वडा नं ६ ले वडाभित्र रहेका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तरगत वडाका ८० वर्ष भन्दा माथिका ३९जना जेष्ठ नागरिकलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको वडा नं ६ का वडाध्यक्ष मिलन खड्कीले जानकारी दिनुभयो । उहाँले प्रत्येकबर्ष यसरी नै जेष्ठनागरिक सम्मानलाई निरन्तरतादिईने बताउनुभयो

। कार्यक्रममा निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठ , कार्यपालिका सदस्य रेजिना हिङमाङ्ग, वडा सदस्यहरु र जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय