तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘अभियान’ चाँडै वजारमा आउने भएको छ ।
फिल्मको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस प्रा.लि. इटहरीले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । नेपाली कथानक चलचित्र ‘अभियान’ का लेखक÷निर्देशक लाखमान योञ्जन तामाङले फिल्मको छायाङ्गकन लगायतको सम्पुर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन् । उनले अभियान फिल्मको मुख्य छायाङ्गकन धनकुटाको उत्तरपानी वजार (जहाँ ९० प्रतिसत तामाङहरुको मात्र वसोवास रहेको स्थान) मा गरिएको बताए । त्यसैगरी प्रदेश नं.१ को मुख्य पर्यटकिय स्थल टिएमजे क्षेत्र (विभिन्न ३२ प्रजातिका लाली गुराँस पाउने स्थान) मा र सुनसरीको इटहरी र तरहरा स्थित् तामाङ गाउँ वस्तीहरुमा गरिएको निर्देशक योञ्जनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

उनले भने–‘आधुनिक नेपाल निर्माणको क्रममा राज्यका शासकहरुले तामाङ जाति माथि गरेको भिवेद, उत्पिडन, दमन र अत्याचारको कारण आजसम्म तामाङ जाति पछि परेको कथा वस्तु फिल्ममा समेटिएको छ ।’ विशेष गरेर फिल्ममा काभ्रे जिल्लाको तेमालमा तामाङहरुको राजा ह्रिन्छेन दोर्जे तामाङले २ सय ५६ वर्ष पहिले शासन गरेको कथा वस्तुलाई पनि मुख्य विषयको रुपमा उठाएको निर्देशक योञ्जनले बताए । जति बेला राज्यले तामाङ जातिलाई सरकारी पद दिदा ढोके, डोले, पिपा जस्ता दर्जा दिएर विभेद गरेको कारणले अहिलेसम्म राज्यको हरेक निकायमा तामाङ समुदाय पछि परेको कथा वस्तु चलचित्र समेटिएको छ ।
फिल्ममा ख्याति प्राप्त कलाकार स्व.जयनन्द लामाले खलनायकको भुमिका निर्वाह गरेका छन् । लामाको फिल्म निर्माणको क्रममा केही समय अघि दुःखद निधन भएको थियो । फिल्मको मुख्य भुमिकामा नायकहरु अमर पाख्रीन तामाङ, दावा फिन्जो तामाङ,रितेशजंग खत्री रहेका छन् भने नायिकाहरु श्याम माया तामाङ,रश्मिला वाईवा तामाङ र पुजा मोक्तान तामाङ रहेका छन् ।

अन्य कलाकारहरुमा सन्तोष सराकार,दिनेश तामाङ, दिनेश कोईराला, मदन राई, सम्भु योन्जन तामाङ, गजमसिं घिसिङ तामाङ, ममता पौडेल, कमल राई, मेनुका राई, कुमारी लिम्वु, कृष्ण काफ्ले, सन्तोष राई, नुनु वम्जन तामाङ लगायतका रहेका छन् ।
फिल्ममा प्रश्तुत् गरिएको गीतका शव्दकार लाखमान योञ्जन तामाङ रहेका छन् भने गायनमा दिपा लामा, जोनी तामाङ, सुरज रौनियार रहेका छन् । संगीत एरेन्ज कुन्दन राई र जेनी तामाङले गरेका छन् भने एक्सनमा राजेश लेप्चा रहेका छन् ।

त्यसैगरी छायांकनमा सुमन तामाङ, मेकअप करुना चोङवाङ, सम्पादक हेमन तामाङ र मिडिया को–अर्डिनेटर सुवास श्रेष्ठ रहेका छन् । फिल्म निर्माण गर्दा ५५ लाख खर्च भैसकेको छ । फिल्म हलसम्म पुग्ने वेलासम्ममा थप ५ लाख खर्च हुने निर्माता मैना घिसिङ तामाङले वताईन ।
नेपाल चलचित्रकर्मी महासंघ १ नम्वर प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ‘अभियान’ फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नेपाल कलाकार संघ १ नम्वर प्रदेश समिति संयोजक पुष्प श्रेष्ठ, अभियान फिल्मका प्रमुख सल्लाहकार मणी तितुङ तामाङ, फोनिज प्रदेश नं.१ का अध्यक्ष एवं अभियान फिल्मका सल्लाहकार सन्तवीर लामा लगायत स्थानिय संचारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

उनीहरुले ‘अभियान’ फिल्म तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित भएर बनेको भए पनि नेपालको आदिवासी जनजातिहरुको मौलिक हकअधिकार र भाषा, संस्कार संस्कृतिलाई उजागर गर्न टेवा पु¥याउने धारणा राखेका छन् । उनीहरुले ‘अभियान’ चलचित्र तामाङ जातिको मात्र नभएर नेपालका सवै जातजातिको भएको बताएका छन् । गीत, संगीत र फिल्मको क्षेत्रमा उपत्याका वाहिर गरिएको जुनसुकै क्रियाकलापलाई दोश्रो आँखाले मात्र हेर्ने गरेको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय